ज्योति मगरको सांगीतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त

२५ वैशाख २०८१ ५:२५

वैशाख २२ गते जुम्लामा आयोजित गायिका ज्योति मगरको सांगीतिक कार्यक्रममा ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त भएको छ । उक्त कार्यक्रममा ज्योतिले प्रस्तुति दिंदै गर्दा ढुंगा प्रहार भएको हो।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भिडियो पनि सेयर गरेकी छिन्। उनले लेखेको स्टाटस र सेयर गरेको जुम्लाको उक्त दृश्यको भिडियोमा निकै भिडभाड देख्न सकिन्छ। उनले आफूले गीत गाउँदै गर्दा दर्शक नाच्न र झुम्न थालेपछि बच्चा र महिला च्यापिने परिस्थिति आएको बताउछिन्।

उनले लेखेको स्टाटस,-‘भीडमा घुसेर प्रहरीले लाठीचार्ज गर्न थालेपछि केही युवकले ढुंगा प्रहार गरे । आधा घण्टा म्युजिक अफ गरेर माहोल साम्य बनेपछि मैले पुनः गीत गाएर कार्यक्रम सकेको थिए।, ‘यदि ममाथि ढुंगामुढा प्रहार भएको भए म खुसी नै हुन्थें । बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो । १० हजार बढी दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने म खुसी खुसीले ढुंगा खाइदिने हो,’ उनले भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *