‘खजुरे ब्रो’को रोमान्टिक गीत ‘मैले फकाएर मात्र’

२५ वैशाख २०८१ ५:००

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्र ‘खजुरे ब्रो’को रोमान्टिक गीत ‘मैले फकाएर मात्र’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य पात्र रेअर राई र नीति शाहलाई फिचर्ड छन्।

अनमोल गुरुङको शब्द, संगीत र स्वर समावेश गरिएको यो गीत रोमान्टिक छ। यो चलचित्रलाई निर्देशक सुरज सुनुवारले निर्देशन गरेका हुन्। चलचित्र यही शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ।

यो चलचित्रमा नविन मानन्धर र सुरज सुनुवार निर्माता, सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता, शिशिर विशंखेको छायांकन, मित्र डी गुरुङको सम्पादन र अनमोल गुरुङको संगीत समावेश छ ।

यो चलचित्रमा रेअर राई र नीति शाहको अलावा नविन मानन्धर, महेश त्रिपाठी, विनिता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिपचन्द्र राई, शान्तिला तामाङ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *