परिर्वतनको कथा भन्ने ‘गाउँ आएको बाटो’को टिजर

२५ वैशाख २०८१ ४:४१

नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले यो चलचित्रको टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा गाउँले जीवन, उकाली ओरोली, सहरप्रतिको बालकको जिज्ञासा र गाउँमा गाडी आएपछिको खुशीलाई समेटिएको छ ।

जेठको २५ गतेबाट प्रदर्शन हुने यो चलचित्रले विकट गाउँमा गाडी आएपछि बाबु र छोराको सम्बन्धमा उत्पन्न हुने परिस्थितिको संघर्षको कथा बोल्छ। अमोद राई र नबिन सुब्बाको लगानी रहेको यो चलचित्रले विभिन्न फेस्टिभलहरुमा समेत सहभागिता जनाएर अवार्ड जितिसकेको छ।

यो चलचित्रको कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राई, भीम राई हुन् । महेश राइको कथा रहेको चलचित्रमा नबिन सुब्बा र महेशले मिलेर पटकथा लेखेका छन् । जोस हेरुमको छायांकन रहेको यो चलचित्रमा क्वान पुन लेङ्गको सम्पादन, हेइडी लिको संगीत छ ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको यो चलचित्रमा नायक दयाहाङ राई, कलाकारहरू पशुपति राई, प्रसना राई, प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राई लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *