‘सतीदेवी’को प्रदर्शन मिति घोषणा

२५ वैशाख २०८१ ४:१३

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्र ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ। मलिका महतको मुख्य भूमिका रहेको नारीप्रधान चलचित्रलाई आगामी साउन ४ गतेबाट देशब्यापी प्रदर्शन गर्न लागिएको हो।

लक्ष्मण सुवेदीको लेखक तथा निर्देशन रहेको यो चलचित्रले बाबु र छोरीहरु बीचको मिहीन स्नेह, सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपणको कथा भन्नेछ। यो चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद रहेको छ ।

बाबु श्रेष्ठले छायांकन गरेको यो चलचित्रमा दीपक शर्मा र सुवास भुसालको संगीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रलाई उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले वितरण गर्नेछ। चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ।

लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको यो चलचित्रले हालै सम्पन्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जितेका थिए । सौराहा दक्षिण एशियाली फिल्म फेस्टिभलमा शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक र सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको थियो।

दिलासा र साराको प्रस्तुती रहेको यो चलचित्रको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीलगायतको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *