सुरुभयो ‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमलाको दृश्यको छायांकन

२४ वैशाख २०८१ ९:३३

निर्देशक निगम श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘भाईरल गोर्खे’मा पत्रकार ऋषि धमलाको दृश्यको छायांकन गरिएको छ। हाल लमजुङको भुजुङ गाउँमा छायांकन भइरहेको यो चलचित्रका मुख्य नायक मुख्य सौगात मल्लसँग उनले अन्तर्वार्ता लिएको दृश्य छायांकन गरिएको हो ।

चलचित्र छायांकनको सेटबाट प्राप्त तस्वीरमा धमला र सौगातले हात मिलाएका छन् भने पृष्ठभूमिमा ‘सरकार जान्न चाहन्छ ?’ भनेर लेखिएको निलो ब्यानर राखिएको छ । यो चलचित्रमा पत्रकारकै भूमिकामा देखिएका धमलाले सौगातको अन्तर्वार्ता लिइरहेको देखिन्छ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण गरेको यो चलचित्रमा अमर महर्जनको छायांकन, बिशाल ताम्राकार र महेश लामिछानेको लगानी रहेको छ । लम्जुङ, गोरखा र चितवनमा छायांकन हुने यो चलचित्रले सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाईरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणामको कथा पेश गर्छ।

यो चलचित्रमा नायक सौगात मल्ल, सृष्टि श्रेष्ठ, ॠषि धमला लक्ष्मी गिरी, बुद्धि तामाङ लगायतका लकाकारहरुको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *