क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई ‘मनसरा’ टिमको १ लाख सहयोग

२४ वैशाख २०८१ ९:०२

शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’ टिमले क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख सहयोग गरेको छ । चलचित्र टिमले हालै सम्पन्न नेपाल र वेस्ट इन्डिज ‘ए’बिच भएको ५ खेलको सिरिजमा कीर्तिपुर क्रिकेट मैदानमा काम गर्ने कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गरेको हो

यो चलचित्र र खेलकुदबिच सहकार्य तथा एकअर्कालाई प्रवर्द्धन गर्ने हेतुले चलचित्र टिमले क्यानसँग सहकार्य गरी कर्मचारीलाई सहयोग गरेको हो । आगामी दिनमा पनि ग्राउण्डमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भन्ने हेतुले आफुहरुले ग्राउण्ड स्टाफलाई एक लाख नगद सहयोग गरेको निर्माता शैलेन्द्र डी कार्कीले बताए । आफुहरुको प्राथामिकतामा जहिले पनि पर्दा पछाडीका मान्छे पर्ने र उनीहरुलाई प्रोत्सानको जरुरी रहने बुझेकाले पनि कबड्डी फिल्मस्ले खेलाडीसँगै ग्राउण्ड स्टाफलाई नगद सहयोग गरेको उनले बताए ।

यो चलचित्रका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन् । विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

कवि उपेन्द्र सुब्बा निर्देशित यो चलचित्रले ‘वर्ड अफ माउथ’ राम्रै पाइरहेको छ । यो चलचित्रको कथा पनि स्वयम् निर्देशक सुब्बाले नै लेखेका हुन् । यो उनको दोस्रो निर्देशन हो। यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *