‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ रिलिज – भिडियो

२४ वैशाख २०८१ ८:१०

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मनसरा’को नयाँ गीत सार्वजनिक गरिएको छ। यो चलचित्रले आइतबार ‘एक तार मनको’ बोलको गीत सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत समावेश गरिएको छ भने गीतको भिडियोमा यो चलचित्रका ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा बाल कलाकार नेनाहाङ राईलाई देख्न सकिन्छ।

करिब साढे दुई मिनेट लामो गीतमा सन्तान सुख भोग्नबाट बञ्चित दधिरामलाई ‘तान्छो’सँगको निकटतालाई प्रस्तुत गरिएको गीतले यिनै भावहरुलाई पस्किएको छ। यो चलचित्रमा नेनाहाङ अभिनेत्री मिरुना मगरका छोराको पात्र निभाएका छन्।

दर्शकसँगै समीक्षकहरुबाट पनि तारिफ बटुलिरहेको यो चलचित्रलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्। यो चलचित्रमा प्रविण, मिरुनाका अलावा मेनुका प्रधानको मुख्य भूमिका छ। चलचित्रमा दयाहाङ राईको पनि प्रमुख भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *