अनमोल र जसिताको प्रेम बियोग – ‘फर्की फर्की’को ‘अन्तिम माया’

२१ वैशाख २०८१ १३:२८

आगामी जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’को ‘अन्तिम माया’ रिलिज गरिएको छ। नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रको सार्वजनिक गीतमा अनमोल र जसिताको प्रेम बियोगलाई देखाइेको छ।

यो गीतको गायक, संगीतकार तथा गीतकार नरेन लिम्बु हुन्। गायक लिम्बुको यो गीत दर्शक श्रोतामाझ निकै चर्चित थियो र अहिले पनि उत्तिकै चर्चित छ।

निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माण, मनोज वली र रामु न्यौपाने सह–निर्माता, मोती कार्की र अनि रुद्र गिरी कार्यकारी निर्माता हुन् ।

यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, किरण थापाको कोरियोग्राफी, अष्ट महर्जनको एक्सन, सुरेन्द्र पौडेलको सम्पादन र शंकर पाण्डे यो चलचित्रका प्रोडक्सन हेड हुन् ।

यो चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको पनि अभिनय छ । यो चलचित्रमा नायक सलोन बस्नेत विशेष भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *