सांगे सेल्ट्रिमले प्रदीपको ‘ऐरी’मा काम गर्ने

२० वैशाख २०८१ १०:५३

निर्देशक जीवन थापा निर्देशित चलचित्र ‘ऐरी’मा भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिमले अभिनय गर्ने भएका छन्। सांगे र यो चलचित्रका निर्देशक थापाबीच बुधबार कागजी संझौता भएको हो । यो चलचित्र संझौता गर्नका लागि सांगे मंगलबार नेपाल आएका थिए ।

यो चलचित्रमा अनुबन्धित भएका नायक ‘जवान’ अभिनेताले भने–‘मैले यो चलचित्रमा काम गर्नुको मुख्य कारण यसको कथावस्तु हो । यसको कथावस्तु ऐतिहासिक छ । साथमा, मलाई सधैं नै योद्धाको कथामा काम गर्न मन थियो । यसैले, यो चलचित्रबाट मेरो सपना पुरा हुँदैछ ।’ बलिउड र नेपाली चलचित्र क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो चलचित्रमा काम गर्न उत्साहित भएको सांगेले बताए ।

नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको यो चलचित्रमा सांगेले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाइमा लैजानका लागि पनि आफूले यो चलचित्र साइन गरेको बताए । साथै, उनले यो चलचित्रमा निर्देशक थापा र नायक प्रदीप खड्का प्रतिभाशाली भएकाले पनि काम गर्न उत्साहित रहेको बताए ।

केही महिनापछि छायांकन सुरु हुने यो चलचित्रले अब कलाकारहरूलाई अनुबन्धित गर्ने कामलाई अगाडि बढाएको बताएको निर्माणपक्षले बताएको छ।

हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको यो चलचित्रलाई नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । यो चलचित्रमा सुवास काले, प्रशान्त कुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *