मोफसल यात्रामा ‘खजुरे ब्रो’

२० वैशाख २०८१ ५:४७

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को मोफसल यात्रा सुरु गरेको छ। प्रचार गर्ने उद्देश्यले बुधबार बिहान मोफसल यात्रामा निस्किएको टिमले बुधबार साँझ चितवनको नारायघाट र बिहीबार बिहान बुटवलमा पत्रकार भेटघाट गर्दै चलचित्र बारे थप प्रस्ट पारेको हो।

यो चलचित्रको मोफसल यात्रामा कलाकार रेअर राई, महेश त्रिपाठी, निर्माता कलाकार नवीन मानन्धर, अभिनेत्री विनिता थापा लगायत सहभागी छन् । कमेडी शैलीमा निर्माण गरिएको यो चलचित्रले कसरी जीवन जिउन सकिन्छ भन्ने कुरालाई प्रस्तुत गर्छ।

सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, मित्र डी गुरुङको सम्पादन, शिशिर विसङ्केको छायांकन रहेको यो चलचित्रमा नविन मानन्धर र सुरज सुनुवारको लगानी छ । डाइमण्ड उप्रेति कार्यकारी निर्माता रहेको यो चलचित्रको ट्रेलरमा खजुरे ब्रो नामक पात्रको जीवन कथा देखाइएको छ । यो चलचित्र नायिका नीति शाहका लागि अझ विशेष छ । किनकी, यो नीति शाहको डेब्यू चलचित्र हो ।

आरआर फिल्मस्ले वितरण गर्ने यो चलचित्रमा रेअर राई, महेश त्रिपाठी, नविन मानन्धर, नीति शाह, विनिता थापा मगर, शान्तिला तामाङ, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, पवन लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *