भारतमा ‘विच्छेद’लाई ‘सर्वोत्कृष्ट फिचर फिल्म’को अवार्ड

१९ वैशाख २०८१ १५:५६

नेपाली चलचित्र ‘विच्छेद’ले भारतमा अवार्ड जितेको छ । यो चलचित्रले शनिबार मुम्बइको अन्धेरीस्थित वेद कुनबा थिएटरमा आयोजना भएको ‘१४ औं दादासाहेब फाल्के चित्रनगरी’मा ‘सर्वोत्कृष्ट फिचर फिल्म’को अवार्ड जितेको हो ।

सावित्री बज्राचार्यको निर्माण रहेको यो चलचित्रको अवार्ड निर्मात्री स्वंयमले थापेकी हुन्। केही दिन अगाडि आयोजित ‘नेपाल ग्रामिण चलचित्र महोत्सव’मा पनि यो चलचित्रले उत्कृष्ट छायांकार र जुरी मेन्सन अवार्ड जितेको थियो। यस्तै, सौराहामा आयोजित ‘दक्षिण एसियाली फिल्म फेस्टिभल’मा पनि यो चलचित्रले छायांकन र लेखन विधामा अवार्ड जितेको थियो ।

निर्देशक सत्यराज चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्र विविध कारणले गर्दा प्रदर्शन गरिएको छैन्। सिम्पल एन्ड मिडिया र रेड आई फिल्मस्को प्रस्तुति रहेको यो चलचित्रमा मुकुन भुषाल र लक्ष्मी बर्देवाको प्रमुख भूमिका छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *