मजदुर दिवसको अवसरमा ‘लेबर’को टिजर रिलिज

१९ वैशाख २०८१ १५:१४

पुणेन्द्रु झाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘लेबर’को टिजर रिलिज गरिएको छ। आज मजदुर दिवसको अवसर पारेर निर्माणपक्षले चलचित्रको टिजर सार्वजनिक गरेको हो। मजदुरको कथा उठान गरिएको यो चलचित्रको टिजरमा फ्रि भिसा र फ्री टिकटको विषयलाई पनि समावेश गरिएको छ।

अरिपन फिल्मस् एण्ड पुणेन्द्रु प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा पुणेन्द्रु र नरेश मिश्रको लेखन, आलोक शुक्लाको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रवेश मल्लिकको संगीत, हिमाल केसीको एक्सन रहेको छ।

नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण गरिने यो चलचित्रले मजदुरलाई दबाउन खोज्दा के हुन्छ भन्ने कथा पेश गर्छ। चलचित्रमा उत्पल झा, राम भजन कामद, राजेश सक्सेना, जैनाथ अधिकारी, राकेश यादव लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *