जापानका ३ दर्जन सहरमा ‘पुजार सार्की’ प्रदर्शन

१९ वैशाख २०८१ ४:००

जेठ १० गतेबाट नेपालसहित विश्वब्यापी प्रदर्शन हुने चलचित्र ‘पुजार सार्की’ जापानका झण्डै ३ दर्जन सहरमा प्रदर्शन हुने भएको छ। वितरक खिमराज शाहका अनुसार अहिलेसम्म दुई दर्जन सहरमा प्रदर्शन तय भएको र थप सहरहरुमा प्रदर्शनको लागि कुरा भएको हो।

जातिय विभेदविरुद्धको कथामा निर्माण गरिएको यो चलचित्रको मे २६ तारिखमा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा अभिनेता पल सहभागि हुनेछन् भने जापान प्रदर्शनमा पल शाह र लेखक विकास सुवेदी सहभागि हुने भएका छन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको य्पो चलचित्रमा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको छ। साथमा अन्जना बराइलि र परिक्षा लिम्बुको पनि भूमिका रहेको छ।

निर्देशक निर्देशक दिनेश राउतको निर्देशन रहेको यो चलचित्रमा विकास सुवेदीको लेखन र सुवास भुषालको निर्माण रहेको छ। यो चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *