‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ सार्वजनिक

१८ वैशाख २०८१ ११:२४

जेठको १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रीमै’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा दिबेन्द्र बराल र मुना थटालको स्वर, दिनेश राउतको शब्द र सुभाष भुसालको संगीत समावेश छ।

आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बालाई फिचरिङ गरिएको गीतको भिडियोमा प्रेम सम्बन्ध देख्नाउन खोजिएको छ। सार्वजनिक गीतबाट मुख्य पाँच कलाकारको भूमिका समेत केही खुलाउने कोशिश यसको निर्माणपक्षले गरेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रमा सुभाष भुसालको निर्माण, विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, शिशिर खत्रीको कोरियोग्राफी र भरत रेग्मीको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *