४ दिनमा केकीको ‘बोक्सीको घर’को कमाइ कती ?

१८ वैशाख २०८१ ९:०३

शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘बोक्सी घर’ले उत्साहजनक व्यापार गरिरहेको छ। मंगलबारको देशव्यापी अकुपेन्सी ४० देखि ७० प्रतिशत छ। पहिलो सप्ताहन्त ३ करोड २० लाख ग्रस कलेक्सन गरेको यो चलचित्रले मंगलबारसम्म आइपुग्दा पनि दर्शकको साथ र माया पाइरहेको छ।

वितरण कम्पनी टी–फोकले चार दिनसम्मको कमाइ सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त विवरणमा आइतबार ५३ लाख र सोमबार ४१ लाखको ग्रस कलेक्सन गरेको छ। जम्मा गरेर चार दिनमा ३ करोड २४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

यो चलचित्रको गीत र माउथ पब्लिसिटी बलियो भएको कारण पनि दर्शक हलसम्म तानिएका छन्। मंगलबार पनि आईएनआई र क्यूएफएक्समा दर्शकीय अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ । त्यस्तै, बुधबार मजदुर दिवसको सार्वजनिक बिदा छ, जसका कारण यो चलचित्रले राम्रै कमाइ गर्न सक्ने प्रक्षेपण गरिएको छ ।

दोस्रो सप्ताहन्तमा पनि यो चलचित्रले न्यूनतम एक करोडभन्दा बढी कमाउन सक्ने अनुमान छ । यसरी दोस्रो सप्ताहन्तसम्म चलचित्रको कुल कमाइ सजिलै ५ करोड पार गर्ने प्रक्षेपण वितरकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *