विराजको ‘१२ गाउँ’बाट डेब्यू गर्दै सनिशा

१८ वैशाख २०८१ ४:४७

मोडल सनिसा भट्टराईले विराज भट्टको नयाँ चलचित्र ‘१२ गाउँ’बाट डेब्यू गर्ने भएकी छिन्। केही दिन अगाडि यो चलचित्र साइन गरेकी उनलाई विराजले सामाजिक संजालबाट चलचित्रमा अनुबन्धित गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

अभिनेता विराजले उनलाई चलचित्र क्षेत्रमा स्वागत गर्दै लेखेका छन्–‘धेरै संभावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो चलचित्र १२ गाउँ मार्फत प्रमुख भूमिकामा आफ्नो चलचित्र यात्रा सुरुवात गर्दै ।’

त्यस्तै, सनिशाले पनि सामाजिक संजालबाट आफु यो चलचित्रमा अनुबन्धित भएको जानकारी दिँदै उत्साह व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्–‘नेपाली चलचित्रका सफल निर्माता, कलाकार विराज भट्टद्वारा निर्देशित तथा निर्माण हुन लागेको चलचित्र १२ गाउँमा मुख्य नायिकाको रुपमा अभिनय गर्ने सौभाग्य प्राप्त गरेकी छु । यसको सम्पूर्ण श्रेय मेरा आम दर्शक र १२ गाउँको टिमलाई दिन चाहन्छु । हजुरहरूको आर्शीवाद र सल्लाह सुझावका कारणले नै म आज यहाँसम्म आएकी छु । यो भन्दा धेरै अगाडि सम्म हिँड्ने चाहना छ ।’

यो चलचित्रमा सनिशा विराजको जोडीको रुपमा देखिदैछिन् भने विराजको यो चलचित्रमा उनका छोरा समीर भट्टले पनि काम गर्दैछन् । यो सँगै अबभने यो चलचित्रमा कलाकारहरुको लाइनअप पूरा भएको छ। चलचित्रको छायांकन अबको केही समयमा सुरु गरिने निर्माणपक्षको तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *