‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज

१८ वैशाख २०८१ ०:३७

वैशाखको २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘मनसरा’को पहिलो गीत ‘झ्यालको’ रिलिज गरिएको छ। चलचित्र रिलिज हुन ३ दिन बाँकी रहदा निर्माण युनिटले यो चलचित्रको पहिलो गीत रिलिज गरेको हो।

झुमा लिम्बुको कम्पोजिसन रहेको गीतमा हर्क साउदको शब्द, सनुप पौडेल र झुमा लिम्बुको स्वर छ । यो चलचित्रले नेपाली चलचित्रमा हुने गरेको दृश्य कथाको खडेरीलाई सम्बोधन गर्ने विश्वास गरिएको छ । यो चलचित्रले बाहुन बाजे प्रवीण र लिम्बुनी मिरुनाको सम्बन्धको कथा भन्छ ।

यो चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको लेखन तथा छायांकन, विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा थीवन लिम्बुको सह–निर्माण, निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन र सिजन दाहाल कार्यकारी निर्माता हुन् ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *