‘माइतीघर’का अभिनेता सीपी लोहनीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१८ वैशाख २०८१ ०:२२

चलचित्र ‘माइतीघर’का नायक सीपी लोहनी(चितम्बरप्रसाद लोहनी)को ८६ बर्षको उमेरमा निधन भएको छ। अल्जाइमर्सले पीडित सीपीको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्राप्त तस्वीरमा अस्पतालमै लोहनीकी धर्मपत्नी तथा चर्चित बलिउड अभिनेतृ माला सिन्हाले शोकमग्न हुँदै श्रद्धाञ्जली दिएकी छन् ।

निजी क्षेत्रले निर्माण गरेको पहिलो चलचित्र ‘माइतीघर’मा काम गरेपछि सीपीको चलचित्र क्षेत्रमा छुट्टै स्थान बनेको हो । उनले, चलचित्र ‘माइतीघर’को गीत समेत गाएका थिए । सीपी लोहनीले चलचित्र ‘माइतीघर’की नायिका माला सिन्हासँग बिहे गरेका थिए । सरकारी जागिरे समेत रहेका लोहनी एकैसाथ गायक तथा अभिनेता पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *