जेठ १० मा ‘फर्की फर्की र पुजार सार्की’को भिडन्त, कसले मार्ला बाजी ?

१७ वैशाख २०८१ ६:०५

नायक अनमोल केसीको मुख्य भूमिका रहेको प्रतिक्षित चलचित्र ‘फर्की फर्की’ र अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको भूमिका रहेको अर्को प्रतिक्षित चलचित्र ‘पुजार सार्की’ जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ। सुरुवाति दिनदेखी नै चर्चामा रहेको यी दुबै चलचित्र दर्शकमाझ प्रतिक्षित छ।

आगामी जेठको १० गते पूजा शर्माको चलचित्र ‘दान्भी’ र दयाहाङ राई अभिनित अर्को चलचित्र ‘गाउँ आएको बाटो’ जेठको १८ गतेबाट ब्याक हटेपछी अझै यी दुई चलचित्र ‘फर्की फर्की र पुजार सार्की’ले आक्रामक ओपनिङ गर्ने अनुमान गरिएको छ।

१० गते बुद्ध जयन्ती अर्थात बिदाको दिन हो। जसले, गर्दा यो चलचित्रको बिहीवार, शुक्रबार र शनिबारको अकुपेन्सी राम्रो हुने देखिन्छ। त्यस्तै, दोस्रो हप्तामा पनि यो चलचित्र सँग अन्य कुनै चलचित्रको प्रतिस्पर्धा नहुने देखिएको छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप अझै उच्च भएको हो भने अनमोल केसी र जसिता गुरुङको जोडीका कारण पनि यो चलचित्र थप प्रतिक्षित बनेको हो।

त्यस्तै, दिनेश राउतको निर्देशनमा तयार भएको अर्को चलचित्र ‘पुजार सार्की’को ट्रेलर अझै रिलिज गरिएको छैन्। यसको ट्रेलर रिलिज भएर दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको खण्डमा चलचित्र अझै प्रतिक्षित हुनेछ। जसका कारण ट्रेलरले दर्शकलाई हलसम्म डोहोर्‍याउने छ।

जे होस् एउटै मितिमा आउन लागेको यी दुबै चलचित्रमध्य कुन चाँही चलचित्रले दर्शकको बढी ध्यान खिच्नेछ, त्यो भने कुर्नै पर्ने हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *