‘वर एण्ड बधु’को छायांकनमा व्यस्त कुसुम

१७ वैशाख २०८१ ५:२२

मिलन चाम्सको निर्देशनमा तयार भइरहेको चलचित्रको अहिले धमाधम छायांकन भइरहेको छ। यो चलचित्रमा मोडलिङ हुँदै चलचित्र क्षेत्रमा प्रवेश गर्ने दौडमा रहेकी कुसुम शर्मा हाल धमाधम छायांकनमा व्यस्त छिन् । तर, यो चलचित्रको मुख्य नायिका भने यतिबेला हङकङमा छिन् ।

यो चलचित्रको केही दिनदेखि काठमाडौंमा धमाधम छायांकन चलिरहेको छ । चलचित्रको सेटमा मुख्य नायक विवेक कर्माचार्य, कलाकार किरण केसी र नव–कलाकार कुसुम शर्मा जोडिएका छन् । निर्माण टिमले सामाजिक संजालमा यो चलचित्रसँग जोडीएकी नव- नायिका कुसुम शर्माको केही तस्विरहरु शेयर गरेका छन्। उक्त तस्विरमा कुसुमलाई निकै खुशी मुद्रामा देख्न सकिन्छ भने उनी यो चलचित्रलाई लिएर निकै उत्साहित छिन् ।

सामाजिक कथालाई रमाइलो शैलिमा निर्माण गरिएको यो चलचित्रमा सुदिप बरालको छायांकन र हिमाल केसीको एक्सन छ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । छायांकन सकिए लगतै यो चलचित्रको रिलिज मिति तय गरिने निर्माणपक्षले बताएको छ ।

हाल दोश्रो चराणको छायांकन भइरहेको यो चलचित्रको पहिलो चरणको छायांकन रोमानियामा भएको थियो । चलचित्रलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको हो। कार्यकारी निर्माता डाक्टर अमित रिजाल रहेको यो चलचित्रमा नायिका आँचल शर्मा, विवेक कर्माचार्य, कलाकार किरण केसी र नव–कलाकार कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *