पूजाको जन्मदिनमा ‘दान्भी’को नयाँ डेट रिलिज

१७ वैशाख २०८१ ५:०३

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’ असारको ७ गतेबाट रिलिजमा आउने भएको छ । जेठ १० गतेबाट पोस्टपोन्ड भएको यो चलचित्रको नयाँ डेट असार ७ गतेलाई तय गरिएको हो। नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो ।

वितरक करण श्रेष्ठ र निर्माताहरुको छलफलपछि यो मिति तय गरिएको हो। नायिका पूजा शर्मा र नव- नायक कुन्साङ बोमजोमको मुख्य भूमिका रहेको यो चलचित्रको टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरमा नायिका पूजा शर्माको दमदार एक्सन अवतार हेर्न सकिन्छ ।

देव मगर र अनुप गडाल निर्माता रहेको यो यो चलचित्रको कार्यकारी निर्माता पवन राना मगर हुन् । त्यस्तै यो चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् । चलचित्रमा पूजा शर्मा, कुन्साङ बोमजोम लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *