भूमिपूजा गरेर ‘बलिदान’का लागि कलाकार खोज्दै सेन

१६ वैशाख २०८१ ११:१९

निर्देशक तथा निर्माता सन्तोष सेन चलचित्र ‘बलिदान’को तयारीमा धमाधम जुटिरहेका छन् । उनले स्क्रिप्ट माझ्ने र कथाका लागि आवश्यक सेट डिजाइन पश्चात् निर्माण कार्यको शुभारम्भ पनि गरिसकेका छन् । यसका लागि उनले इटहरीमै धर्ती माता, भूमि पूजा, प्रकृति पूजा, काली माता पूजा समेत गरेका छन् ।

उनी यतिबेला यो चलचित्रको लागि दुई कलाकारको खोजीमा लागेका छन् । यसका लागि निर्माणपक्षले अडिसनको समेत आह्वान गरेको छ । चलचित्रको लागि प्रमुख महिला कलाकार र एक पुरुष कलाकारको आवश्यकता परेको भन्दै अडिसन आह्वान गरिएको हो । २१ देखि ३२ बर्ष उमेरकी महिला र २८ देखि ५५ बर्ष उमेरका पुरुषको आवश्यकता परेको निर्माणपक्षले बताएको छ ।

यो बर्षको दशैंमा प्रदर्शन गरिने यो चलचित्रको लागि वैशाखको अन्तिमसम्म अडिसन दिन सकिनेछ । इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारलाई प्राथमिकता दिने निर्माणपक्षले बताएको छ । यो चलचित्रका लागि मुख्य कलाकारमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा फाइनल गरिसकेका सन्तोषले इटहरीमा छायांकन सेट समेत निर्माण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *