जेठ १० बाट पोष्टपोन्ड ‘दान्भी’ – पूजाको जन्मदिनमा नयाँ मिति घोषणा गर्ने तयारी

१६ वैशाख २०८१ ११:०१

रुपेश तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘दान्भी’ जेठ १० बाट पोष्टपोन्ड भएको छ। वितरक करण श्रेष्ठले दिएको जानकारी अनुसार आगामी महिनाको जेठ १० गतेलाई प्रदर्शन मिति तोकिएको भएपनी अब यो चलचित्र जेठ १० गते प्रदर्शन नहुने भएको हो।

वितरक करण क्रेजीका अनुसार आगामी जेठको १० गते यो चलचित्र सङै अन्य दुई चलचित्र पनि प्रदर्शनमा आउने भएपछि यो चलचित्र पोस्टपोन्ड गरिएको हो । यो सहित एकसाथ ३ चलचित्र रिलिज हुनु नेपाली चलचित्र क्षेत्रका लागि पनि सुखद कुरा होइन । यसैले पनि यो चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड गरेको वितरकको भनाइ छ।

वितरकले नयाँ मिति असार ७ गतेलाई दिएपनि निर्देशक तथा निर्माताले फाइनल गरिसकेका छैनन् । निर्देशक रुपेशका अनुसार–‘हामीलाई वितरकले केही मितिहरु दिनुभएको छ । तर, हामीले कुन मितिमा रिलिज गर्ने पक्का गरेका छैनौं । संभवत भोलि नायिका पूजा शर्माको जन्मदिनमा नयाँ मिति सार्वजनिक गर्छौ होला ।

यो चलचित्रको यसअगाडी टिजर रिलिज भइसकेको छ । टिजरमा नायिका पूजा शर्माको दमदार एक्सन अवतार हेर्न सकिन्छ । यो चलचित्रमा पूजा शर्मा, कुन्साङ बोमजोम लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *