के प्रकाश सपुतले चलचित्र निर्देशन गर्न लागेका हुन् ?

१६ वैशाख २०८१ ६:४७

गायक प्रकाश सपुतले अब चलचित्र निर्देशन गर्ने भएका छन्। निकट श्रोतका अनुसार गायक सपुत आफै चलचित्र निर्देशन गर्ने तयारीमा समेत जुटेका छन् भने उनले अबको केही समयमा नै चलचित्र निर्माणको घोषणा गर्दैछन् ।

सपुतकै निर्देशन र निर्माण रहने चलचित्रको लागि उनले कथा र घोषणा भिडियो पनि तयार पारिसकेका छन् ।

गीतसंगीतका माध्यमबाट दर्शकको मन जितेका गायक सपुतले निर्देशन गरेका म्युजिक भिडियोले चर्चा पाइरहँदा उनलाई चलचित्र निर्देशन गर्न पनि फ्यानहरुले आग्रह गर्दै आएका थिए । अबभने, उनी चलचित्र निर्देशनमा जुटेका छन् ।

जसरी उनका गीतसंगीतले दर्शकको मन जितेको थियो, त्यसगरी उनले निर्माण तथा निर्देशन गरेको चलचित्रले दर्शकको मन जित्न सक्ला त ? तर, जे होस् गीतसंगीत हुँदै चलचित्र निर्देशनमा जुटेका उनलाई हाम्रो शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *