जेठ २० बाट अनमोल र आनाको ‘जेरी अन टप’को छायांकन हुने

१६ वैशाख २०८१ ६:०७

आगामी जेठको २० गतेबाट नायक अनमोल केसी र नायिका आना शर्माको ‘जेरी अन टप’को छायांकन सुरु हुने भएको छ। रोमान्टिक कथामा निर्माण हुने यो चलचित्रको छायांकन दुईचरणमा गरिनेछ भने पहिलो चरणको छायांकन मिती तय गरिएको हो।

सगरमाथा क्षेत्रमा खिचिने यो चलचित्रको छायांकन मौसमको अनुकूलता हेरेर गरिने निर्माता सरोज न्यौपानेले जानकारी दिए। सो क्षेत्रमा ३० दिन छायांकन गरिने उनले बताए। त्यस्तै, यो चलचित्रको दोस्रो चरणको सुटिङ अष्ट्रेलियामा गर्ने तयारी निर्माणपक्षको छ।

सुयोग गुरुङले निर्देशन गर्ने यो चलचित्रको यतिबेला म्युजिक सेटिङको काम चलिरहेको छ । यसका लागि निर्माता न्यौपानेसहित संगीतकार कालिप्रसाद बासकोटा नगरकोटमा संगीत कम्पोजमा व्यस्त छन् । चलचित्रमा संगीतकारको रुपमा गायक सुशान्त केसी पनि जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *