चलचित्र ‘तेल भिसा’को छायांकनका लागि नायक विपिन कार्की अमेरिका पुगेका छन्। निर्देशक शंकर घिमिरेले निर्देशन गर्न लागेको यो चलचित्रको लागि उनी अमेरिकाको मेरिल्याण्ड राज्यमा चलचित्र निर्देशक घिमिरे, चिफ एडी मछिन्द्र योङगा सहित पुगेका हुन् ।
विपिनको यो पहिलो अमेरिका यात्रा हो भने उनलाई मेरिल्याण्डमा अभिनेत्री ऋचा घिमिरेले स्वागत गरेकी छन् । चलचित्रमा नायक विपिन कार्की र ऋचा घिमिरेको प्रमुख भूमिका रहनेछ भने विपिन दोहोरो भूमिकामा देखा पर्नेछन्। त्यस्तै विपिनको अपोजिटमा गौरी मल्ल र बर्षा राउत दुवैजना हुनेछन् ।

वैशाखको २५ गतेबाट छायांकन सुरु हुने यो चलचित्रको ७० प्रतिशत छायांकन अमेरिकामा हुनेछ भने बाँकी छायांकन नेपालमा गर्ने तयारी निर्माणपक्षको छ । छायांकनको लागि बर्षा केही दिनमा र गौरी अर्को साता अमेरिका पुग्नेछन् । यो चलचित्रको छायांकार सुसन प्रजापति केही दिन अगाडि नै वाल्टिमोर पुगिसकेका छन् ।
अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत सहभागिता रहनेछ।