अनमोल र जसिताको ‘फर्की फर्की’को शिर्ष गीतमा रोमान्स

१६ वैशाख २०८१ ५:२२

नायक अनमोल केसी र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतको भिडियोमा अनमोल र जसिता फिचर्ड छन् भ्गने यी दुइको रोमान्स सँगै केमेस्ट्री निकै सुहाएको छ।

यो चलचित्रको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन बज्राचार्यको शब्द तथा संगीत छ। भिडियोमा किरण थापाको कोरियोग्राफी र विजेश पौडेलको सम्पादन छ ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । चलचित्रमा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् भने मोती कार्की र अनिरुद्ध गिरी कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । चलचित्रमा अष्ट महर्जनको एक्सन छ ।

जेठको १० गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले टाइम लुपको कथालाई उठान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *