‘द्रोपदी’को छायांकन प्याकअप

१६ वैशाख २०८१ ५:१०

निर्देशक ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘द्रोपदी’को छायांकन प्याकअप भएको छ। छायांकनको ४४ औं दिनमा सम्पूर्ण काम सकेर शे फोक्सुन्डो तालमा इन्ड क्ल्याप गरिएको निर्देशक आचार्यले जानकारी दिए। फागुनको अन्तिममा डोल्पाको दुनई, कालिका मन्दिरमा शुभसाइत गर्दै यो चलहित्रको छायांकन सुरु गरिएको थियो ।

मौलिक विषयवस्तुमा तयार पारिएको यो चलचित्र नारी प्रधान हो। मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको यो चलचित्रको निर्माता निर्देशक आचार्य, विष्णु सुवास र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सह–निर्माता रहेको चलचित्रका सम्पादक अनिल महर्जन हुन् ।

रिलिज मिती तय नगरीएको यो चलचित्रमा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमिल्सिना, विष्णु सुवास ठडराई, प्रकाश ज्ञवाली, सीता पौडेल, सुरज अधिकारी लगायतको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *