फस्टलुक पोस्टरमा हेर्नुहोस् ‘आँखा’

१६ वैशाख २०८१ ५:००

जौन योञ्जनको निर्देशनमा तयार भएको चलचित्र ‘आँखा’को सस्टलुक रिलिज गरिएको छ। सामाजिक विषयवस्तुमा निर्माण भएको यो चलचित्रको पोस्टरमा सबै कलाकारलाई स्थान दिइएको छ । चलचित्रको फस्टलुकमा आँखा भित्र कलाकारहरूलाई स्थान दिइएको छ भने सूर्यमुखी फूललाई समेत जोडिएको छ ।

चलचित्रको फस्टलुक पोस्टर सँगै असारको १४ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ। स्मिता लामिछाने निर्माता रहेको यो चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा दीपक आरजेको संगीत, रेवन्तविक्रम थापाको एक्सन छ ।

लामा सिनेमा प्रा.लिको ब्यानरमा निर्माण र रोयल भीमसेनले तयार पारेको चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, वुद्दि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *