सुरुभयो ‘ज्वाइँ साब’को वर्कशप

१४ वैशाख २०८१ ८:३४

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको चलचित्र ‘ज्वाइँ साब’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा यो चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । यो चालचित्रको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन् ।

वैशाखको अन्तिम साताबाट छायांकन सुरु हुने यो चलचित्र राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको हो। काठमाडौं बाहिरका विभिन्न लोकेशनमा यो चलचित्र खिचिने निर्माताले बताएका छन् ।

मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । सविन अधिकारीको कथा रहेको यो चलचित्रमा शंकर धितालको पटकथा तथा संवाद छ ।

तिहारमा प्रदर्शन मिति तय गरिएको यो चलचित्रको शिर्ष भूमिकामा जितु नेपाल देखिदैछन् । नायिका नीति शाह पनि यो चलचित्रलाई लिएर उत्साहित छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *