फ्राइडे रिलिज : हलमा ‘बोक्सीको घर’

१४ वैशाख २०८१ ४:५०

नायिका केकी अधिकारीको निर्माण तथा मुख्य भूमिका रहेको चलचित्र ‘बोक्सीको घर’ आजबाट सार्वजनिक प्रदर्शनमा आएको छ। बिहीवार भव्य प्रिमियर गरेर तारिफ बटुल्न सफल भएको यो चलचित्र आजबाट देशब्यापी रुपमा प्रदर्शनमा आएको हो।

बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ। मञ्चन भैसकेको नाटकबाट प्रेरित रहेर बनाइएको चलचित्रले समाजका वास्तविक घटनाक्रमलाई चित्रण गर्छ।

क्यूएफएक्स चेनले उपत्यकाका ६ वटा हलमा २४ शो दिएको यो चलचित्रप्रति प्रदर्शकहरु आशावादी देखिएका छन् । यसैले, यसलाई प्रदर्शकहरुले सुखद शोज दिएका छन् ।

यस्तै, काठमाडौंको बीग मुभिजले पनि यो चलचित्रलाई ५ शो दिएको छ । कालिमाटीमा रहेको वान सिनेमाज्ले पनि ५ शो दिएको छ । यो चलचित्रले राम्रो शो पाउनुको कारण प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाउनु र ‘बुझिन मैले’ बोलको गीत चर्चामा रहनु हो ।

सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो चलचित्रमा केकी अधिकारी, सुफला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *