प्रकाश सपुत ‘पुर्ण बहादुरको सारङ्गी’मा अनुवन्धित

१४ वैशाख २०८१ ४:३६

सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको यो चलचित्रको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन ।

लेखन तथा निर्देशन सरोज पौडेलको निर्देशन रहने यो चलचित्रको टिमले यस अघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । जसमा यो चलचित्रलाई विं.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य सहित सार्वजनिक गरिएको मोसन पोस्टरबाट मौलिक कथा र कलात्मक प्रस्तुति रहने बुझ्न सकिन्छ ।

सामाजिक कथामा निर्माण गरिने यो चलचित्रलाई सेभेन सिज सिनेमाजको प्रस्तुतिमा निर्माण गर्न लागिएको हो। प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ ।

रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेको यो चलचित्रलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले सयुक्त रुपमा निर्माण गर्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *