‘भाइरल गोर्खे’मा धमलाको इन्ट्री

१३ वैशाख २०८१ १२:१४

निर्देशक निगम श्रेष्ठको निर्देशन रहने चलचित्र ‘भाइरल गोर्खे’को शीर्ष भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमलाको इन्ट्रि भएको छ । उनी यो चलचित्रमा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्माणपक्षले जनाएको छ । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको हो ।

यसैसातादेखि लमजुङको भुजुङ गाउँमा छायाँकन सुरु गरेको यो चलचित्रमा नायक सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठको मुख्य भूमिका छ। कमेडी जनरामा निर्माण गरिने यो चलचित्रको सम्पूर्ण छायांकन गोरखामा नै हुने निर्माणपक्षले जनाएको छ। यो चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भूमिका छ ।

द जीएमआई एकेडेमी र निरभाना फिल्म स्कुलको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *