जब एलिनालाई २ मिनेटसम्म श्रीमान विष्णुले खुट्टा ढोगाए

१३ वैशाख २०८१ ६:५३

भर्खरै विवाह बन्धनमा बाधिएका गायिका एलिना चौहान र विष्णु सापकोटाको अहिले सामाजिक संजालमा एउटा भिडियो भाईरल भएको छ। करिब २ मिनेटसम्म एलिना श्रीमानको खुट्टामा घोप्टो परिरहेको भिडियोमा देख्न सकिन्छ।

सोही भिडोयोको कारण यि दुइको अहिले चर्को आलोचनाका साथै सामाजिक सञ्जालमा चर्चा र बहसको विषय बनिरहेको छ । उक्त भिडियोमा गायिका एलिनाले आफ्नो श्रीमानको खुट्टा ढोगेकी छन् तर, यो सामान्य ढोगाइ छैन ।

विवाहमा र विवाहपश्चात् श्रीमतीले श्रीमानको खुट्टा ढोग्ने परम्परागत रिवाज नै हो । यसरी ढोग्दा श्रीमान् प्रसन्न भएर श्रीमतीलाई पैसा दिने पुरानो प्रचलन समेत छ । थुप्रै विवाहित जोडीले यो प्रचलन अहिले पनि अनुसरण गर्छन् । मागे जति पैसा नपाउन्जेल दुलहीले ढोगिरहने दृश्य पनि नौलो होइन । यो पैसाका लागि भन्दा पनि रमाइलोका लागि हो । तर, यही कुरालाई लिएर अहिले यी दुइको चर्को विरोध भएको हो।

कतिपयले उनलाई नौटङ्कीको संज्ञा दिएका छन् त कतिले कलाहीन पुरुषत्व प्रदर्शनको । केहीले चाहिँ श्रीमान् र श्रीमतीको निजी चाहनामा गरिएको कुरालाई इस्यू बनाउन नपर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *