केकीको ‘बोक्सीको घर’लाई प्रिमियरमा तारिफ

१३ वैशाख २०८१ ४:४२

शुक्रबारदेखी सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बोक्सीको घर’ प्रिमियर सम्पन्न भएको छ। बिहिबार बेलुकी सम्पन्न प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति थियो । १ घन्टा ५० मिनेट लामो प्रिमियर हेरेपछि निर्देशक तथा निर्माता अशोक शर्मादेखी नायिका बेनिशा हमाल, रिमा विश्वकर्मा र निर्देशक ज्ञानेन्द्र देउजा सम्मले चलचित्रको निर्देशकीयपक्ष र नायिका केकी अधिकारीको अभिनयको खुलेरै तारिफ गरेका थिए।

त्यस्तै, नायिका स्वस्तिमा खड्काले कथावस्तु र कलाकारको कामको प्रशंसा गरिन् । उनले, चलचित्र हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् ।

नायिका केकी अधिकारीको निर्माण तथा सुलक्षण भारतीको निर्देशनमा तयार भएको यो चलचित्रले एक महिलालाई कसरी बोक्सीको आरोप लगाइन्छ र यातना दिइन्छ भन्ने कथालाई चलचित्रको कथामार्फत प्रस्तुत गरिएको छ।

यो चलचित्रमा केकी अधिकारी, सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सविन बास्तोला, सुलक्षण भारती लगायतका कलाकारको अभिनय छ । यो चलचित्रको ‘वुझिनँ मैले वुझाइदेउ कसैले’ गीत चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *