‘घर ज्वाइँ’को फस्टलुक रिलिज

१२ वैशाख २०८१ ६:०१

अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘घर ज्वाँइ’को फस्टलुक रिलिज गरिएको छ। मगर संस्कृतिमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको फस्टलुक पोस्टरमा नायक दयाहाङ राई र नायिका मिरुना मगरलाई भारी बोकिरहेको अवस्थामा देख्न सकिन्छ । यस्तै, सार्वजनिक दोस्रो पोस्टरमा भने सबै कलाकारहरूलाई समेटिएको छ ।

जनक घर्ती मगरले निर्माण गरेको यो चलचित्रको क्यारेक्टर पोस्टरले चर्चा पाइसकेको छ । पूर्वी रुकुममा खिचिएको यो चलचित्रको कथा निर्देशक अनिलले नै लेखेका हुन् । पटकथा, संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।

जीएम मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, हर्क साउद र मनोज थापाको शब्द तथा संगीत छ । कृष्ण भण्डारीको सम्पादन रहेको यो चलचित्रको विदेश अधिकार विक्री भइसकेको छ ।

चलचित्रमा वुद्दि तामाङ, पुस्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा, सुनिल मगरको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *