ट्रेलर रिलिजपछि विदेशबाट ‘फर्की फर्की’को उच्च माग

१२ वैशाख २०८१ ५:१२

मेघास्टार अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘‘फर्की फर्की’को विदेशमा उच्च माग बढेको छ। यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि विदेशबाट चलचित्रको उच्च माग बढेको हो।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्र वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ ।

यस्तै, नेपाली चलचित्रको लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले चलचित्र वितरणको जिम्मा लिएको छ । हङकङमा भने चलचित्रलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ ।

२३ लाख माथिको भ्यूज र उत्कृष्ट प्रतिक्रिया पाइरहेको यो चलचित्रको यी बाहेक अन्य देशमा पनि चलचित्र अधिकार विक्रीका लागि कुरा भइरहेको निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।

आगामी जेठको १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा एकसाथ प्रदर्शन हुने यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *