‘नमेटिने घाउ’मा केपी ओलीको अभिनय

१२ वैशाख २०८१ ४:५८

चलचित्र ‘नमेटिने घाउ’मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभिनय गरेका छन्। मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा यो चलचित्रको छायांकन गरिएको हो । अध्यक्ष्य ओलीको यो पहिलो डेब्यु चलचित्र हो।

एसिड आक्रमण घटना सम्बन्धी निर्माण गरिएको यो चलचित्रमा उनले पूर्वप्रधानमन्त्रीकै रुपमा अभिनय गरेको निर्माणपक्षले जनाएको छ। पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती, र भक्तपुरमा छायांकन भइसकेको यो चलचित्रमा गतसाता अर्का पूर्वप्रधानमन्त्री माधव नेपालको दृश्यलाई कोटेश्वरमा छायांकन गरिएको थियो ।

रमित ढुंगानाको निर्देशन रहेको यो चलचित्रमा ६५ जना कलाकारले अभिनय गरेका छन् । मंगलबार अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१औँ दिनमा चलचित्रको छायांकनसमेत सकिएको निर्देशक ढुंगानाले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *