सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘रावायण’को छायांकन सुरु गरिएको छ। हिजो जनकपुरको जानकी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो।
नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भूमिका रहेको यो चलचित्रलाई नायिका शर्माले निर्माण गर्न लागेकी हुन्। चलचित्रका मुख्य कलाकार पूजा शर्मा, नायक पल शाह, कलाकार प्रमोद अग्रहरी, निर्देशक सुदर्शन थापा, छायांकार सौरभ लामा लगायतले क्यामेरा पूजा गरेर छायांकन सुरु गरेका थिए ।
चलचित्रमा शिवम् अधिकारीको लेखन, समीर मियाको भीएफएक्स, श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रको छायांकन एक महिनासम्म काठमाडौं बाहिरका विभिन्न क्षेत्रमा हुनेछ ।
भदौको २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा यो चलचित्रमा प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ । नायक पल शाह दोहोरो भूमिकामा देखिन लागेका नायक पलले यो चलचित्रका लागि एक्सन समेत सिकेका थिए।