आखिर किन नेपाल आइन् दिव्या ?

४ वैशाख २०८१ ७:३६

चलचित्र ‘एक्टर’का लागि दिव्या रायमाझी नेपाल आइपुगेकी छिन् । उनी एक साता अगाडि नेपाल आएकी हुन्। यो चलचित्रमा नायक प्रदीप खड्कासँग उनले जोडी बाध्न लागेकी हुन्। नायक दिलीप रायमाझीकी छोरी दिव्याले यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी हुन् ।

यो चलचित्रका लागि दिव्याले अहिले वर्कशप पनि गरिरहेकी छिन् । चलचित्र निर्माण टिमले उनलाई एकैपटक छायांकनको समयमा मिडियासँग भेट गराउने तयारी गरेको छ ।

वैशाखको तेस्रो साताबाट छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा थमन भण्डारीको लगानी छ । त्यस्तै, दिव्याले चलचित्र ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छिन् ।

त्यस्तै, छोरी दिव्याले नेपाली चलचित्र क्षेत्रमा नै करिअर बनाउने तयारी गरेपछि नायक दिलीप रायमाझीले काठमाडौंको बाँनेश्वरमा नयाँ घर किनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *