दयाहाङ र आँचल पुर्वमा

४ वैशाख २०८१ ७:१७

नायक दयाहाङ राई र आँचल शर्मा यतिबेला पुर्वमा छन्। चैत्रको ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’को प्रचार प्रसारका लागि मोफसलमा रहेका दर्शकहरुसँग भेटेर साक्षात्कार गर्न उनिहरु पुर्व पुगेका हुन्।

साथमा चलचित्रका कलाकार विजय बराल र निर्माता मणिराम पोखरेल पनि छन् । कोशी प्रदेशको राजधानी विराटनगरबाट सुरु हुने यो यात्रा बिर्तामोड पुगेर टुंगिनेछ । उनीहरू आज विराटनगर, इटहरी र धरान पुग्ने निर्माणपक्षले जनाएको छ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रला टिम भोलि बिहान ११ बजे दमकको डी म्याक्स हल, २ बजे बिर्तामोडको क्यूएफएक्स हल र ५ बजे पाथीभरा सिनेप्लाजामा पुग्नेछन् ।

डिग्री पास गरेर पनि बेरोजगार रहेको एक युवाको कथामा निर्माण गरिएको यो चलचित्रले २ दिनमा ३ करोड ६ लाखको ग्रस कलेक्शन गरेको आँकडा वितरकले सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *