भोलिबाट सौगात र श्रृष्टीको ‘भाइरल गोर्खे’ छायाँकन सुरु

४ वैशाख २०८१ ६:५५

निर्देशक निगम श्रेष्ठको निर्देशन रहने चलचित्र ‘भाइरल गोर्खे’को छायांकन भोलिबाट सुरु हुने भएको छ। नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठको मुख्य भूमिका रहने यो चलचित्रमा ‘राधा’पछि यी दुई एकसाथ देखिन लागेका हुन्।

कमेडी जनरामा निर्माण गरिने यो चलचित्रको सम्पूर्ण छायांकन गोरखामा नै गरिने निर्माणपक्षले जनाएको छ। यो चलचित्रमा बुद्धि तामाङको पनि मुख्य भूमिका रहनेछ ।

द जीएमआई एकेडेमी र निरभाना फिल्म स्कुलको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रमा विशाल ताम्राकार र महेश लामिछानेको लगानी रहनेछ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा दुई राँगामाथि सौगात मल्ललाई उभिएको देख्न सकिन्छ ।

चलचित्र छायांकनको लागि नायक सौगात मल्ल यतिबेला गोरखामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *