सिनिअर डिजाइनरहरू द्वारा ‘रुमानी रङ्ग’का ड्रेस तयार हुँदै

२४ चैत २०८० ८:४९

चलचित्र ‘रुमानी रङ्ग’का लागि ड्रेस तयार हुने भएको छ। आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्ययनरत सिनिअर डिजाइनरहरूले यो चलचित्रका लागि ड्रेस डिजाइन गर्ने भएका हुन् ।

साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको यो चलचित्रका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्ययनरत २० जना विद्यार्थीले ड्रेस तयार गर्ने छन् । ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबिच सम्झौता भएको आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जनले जानकारी दिइन् ।

सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अञ्जली महर्जन र शिक्षा विभाग प्रमुख उत्कृष्टबिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् । आईआईएफटीका फेसन डिजाइनरहरूले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि चलचित्रमा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए ।

निर्देशक अनिल योञ्जनको निर्देशन रहने यो चलचित्रको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलियामा गरिने छ भने बाँकी रहेको १० प्रतिशत नेपालमा गरिने निर्माणपक्षले जनाएको छ। यो चलचित्र मार्फत नायक धीरज र नायिका साम्राज्ञीले पहिलो स्क्रिन सेयर गर्न लागेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *