बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला

२४ चैत २०८० ८:३०

बालबालिकाका लागि चलचित्र निर्माण कार्यशाला हुने भएको छ। सुनसरीको इटहरीमा चलचित्र विकास बोर्डले बालबालिकाका लागि चलचित्र निर्माण सम्बन्धी मेरो कथा मेरो चलचित्र कार्यशाला आयोजना गर्ने भएको हो।

बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीका अनुसार बोर्डले बालबालिकाहरूलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमा सिनेमा साक्षरता अभिवृद्धि गर्ने तथा शिक्षा, संस्कृति र चेतना हस्तान्तरण गर्ने उद्देश्यले मेरो कथा मेरो चलचित्र परियोजना सुरु गरेको छ । सोही परियोजना अन्तर्गत चलचित्र निर्माण कार्यशालामा सहभागी हुने प्रत्येक बालबालिकाहरूले लघु चलचित्र निर्माण गर्नुपर्नेछ ।

इटरिमा आयोजना हुने कार्यक्रममा सहभागी हुन चाहने कोशी प्रदेशका बालबालिकाले बोर्डको वेबसाइटमा राखिएको आवेदन फाराम भरी [email protected] मा पठाउनु पर्नेछ ।कार्यशालामा सहभागिताका लागि बोर्डले शुक्रबार आफ्नो वेबसाइट www.film.gov.np मा सात दिने सूचना प्रकाशन गरेको छ।

वैशाख ३ देखि ७ गतेसम्म सञ्चालन हुने सो कार्यशालामा कोशी प्रदेशका १३ देखि १८ वर्ष मुनिका १५ जना बालबालिकाहरु सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *