गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी

२४ चैत २०८० ८:१५

‘नेपाल आइडलको सिजन २’का विजेता रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । ओडकी श्रीमतिले आफूमाथि वैवाहिक बलात्कारको आरोप लगाउँदै गत २० गते जाहेरी दिएकी हुन् । जाहेरी लगत्तै ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी दिए । जिल्ला अदालतको अनुमति लिएर उनलाई पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

थाइल्यान्डबाट कार्यक्रमका लागि हाल जापान पुगेका उनलाई नेपाल आएलगत्तै पक्राउ गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *