तेश्रो हप्तामा आइपुग्दा ‘महाजात्रा’को कमाइ कती ?

२३ चैत २०८० ५:३०

प्रदीप भट्टराइको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ आजाबाट तेश्रो हप्तामा प्रवेश गरेको छ। तेश्रो हप्तामा आईपुग्दा यो चलचित्रले १० करोड १४ लाखको कमाइ गरेको निर्देशक भट्टराईले जानकारी दिएका छन्।

बक्स अफिसमा बम्पर व्यापार गरिरहेको यो चलचित्रले पहिलो हप्तामा ६ करोड माथिको ग्रस कलेक्शन गरेको थियो भने दोस्रो सातामा पनि आक्रामक व्यापारलाई जारी राख्यो । र तेश्रो हप्तामा प्रवेश गर्दैगर्दा यसको टिमले यो चलचित्रलाई ब्लकबस्टर घोषणा गरेको छ ।

१० करोडको ग्रस कलेक्शन गरेसँगै यो बर्षको सर्वाधिक कमाई गर्ने दोश्रो चलचित्रमा ‘महाजात्रा’ उक्लिएको छ । यो बर्ष सर्वाधिक कमाई गर्ने पहिलो चलचित्र ‘जारी’ हो । आज तेश्रो सातामा पनि यो चलचित्रको व्यापार राम्रो हुने अपेक्षा गरिएको छ।

यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *