टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ होस्ट गर्दै राजेश हमाल

२३ चैत २०८० ४:१६

महानायक राजेश हमालले टेलिभिजन कार्यक्रम होस्ट गर्ने भएका छन् । यही चैत ३० गते शुक्रवारदेखि हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘यो नेपाली शिर उचाली’ होस्ट गर्ने भएका हुन्।

संसारभर छरिएका नेपालीको सपना र संघर्षमा आधारित रहेर निर्माण गर्न लागिएको यो कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन् र अन्तरंग कुरा गर्नेछन् । कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु गरिनेछ।

जसका लागि हमाल सहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो । मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि ले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् ।

निर्देशक रोशन ठकुरीले विदेशमा नेपालीहरुले गरेको संघर्ष र उपलब्धी नेपाली मिडिया मार्फत देखाउने कार्यक्रमको निर्देशन गर्न पाउनु गर्वको विषय भएको वताएका छन् । हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले यो नेपाली शिर उचाली कार्यक्रम मार्फत विश्वभरका नेपालीसंग जोडिने अभियानमा सहभागी हुन पाउँदा आफू पनि उत्साही भएको बताएका छन् ।

त्यस्तै, यस कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले नेपालीहरु हरेक क्षेत्रमा सक्षम छन्, र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *