‘जारी २’ निर्माणको घोषणा गर्दै उपेन्द्र सुब्बा

२२ चैत २०८० १२:५६

निर्देशक उपेन्द्र सुब्बाले २०८२ सालमा ‘जारी २’ ल्याउने घोषणा गरेका छन् । उनले भर्खरै दिएको एकअन्तर्वातामा अब यो चलचित्रको दोश्रो श्रीङ्खला निर्माण गर्ने घोषणा गरेका हुन्।

यो वर्षको ब्लकबस्टर चलचित्रको सोश्रो भाग निर्माण गर्नैपर्ने बाध्यता रहेको भन्दै उनले भने,‘दुईचार ठाउँमा त जारी २ बनाउँदिनँ भनेर हिँडेँ । तर, नबनाई धर नहोला जस्तो छ ।’

उनले अगाडि भने, देश विदेशदेखि साथीभाइले बनाउनुपर्छ भनेर साह्रै भनिरहे । यहीँका वितरक साथीहरूसँग बस्दा, कहिलेकाहीँ हलका साथीहरूसँग बस्दा पनि ‘जारी २’ कहिले आउँछ भनेर सोधिरहे । यस्तो हुँदा मोह पनि जाग्दो रहेछ पैसाकै कुराले गर्दा पनि । सबै पैसा आउँछ भन्छन्, लोभ पनि देखाउँछन्।

त्यस्तै, दयाहाङलाई ‘फुर्सद छ त रु’ भनेर सोध्दा ‘त्यसका लागि समय मिलाउँला नि दाइ’ भनेपछि जारी २ बनाउने जाँगर पलाएको सुब्बाको स्वीकारोक्ति छ । तर, २०८२ का लागि आफू ‘जारी २’ भन्दा पनि एक बंगाली साथीको कथामा काम गर्ने मनसायमा रहेका थिए । अब भने उक्त कथालाई केही समयका लागि पछाडि धकेलेर ‘जारी २’मा अगाडि बढ्ने सुब्बाले बताए ।

निर्देशक उपेन्द्र सुब्बा नौ वर्षपछि ‘जारी’ मार्फत निर्देशकको अवतारमा देखा परेका थिए । २०८० सालको नयाँ वर्षमा प्रदर्शन भएको यस चलचित्रले १७ करोडमाथि व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *