सन्तोषको ‘बलिदान’मा ऋचा शर्माको प्रवेश

२२ चैत २०८० १२:०७

सन्तोष सेनको निर्माण तथा निर्देशन रहने चलचित्र ‘बलिदान’मा ऋचा शर्मा को प्रवेश भएको छ। चलचित्रको मुख्य भूमिका आज निर्माण युनिटले उनलाई प्रवेश गराएको हो। यो चलचित्रको मुख्य भूमिकामा यसअगाडी नायक समीर भट्ट फाइनल भइसकेका छन्।

आगामी बर्षको दशैंमा रिलिज गर्ने तयारी रहेको यो चलचित्रले देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिन्छ भन्ने कथामा आधारीत रहेर निर्माण गरिनेछ।

आशुसेन फिल्मस् प्रा.लि तथा सन्तोष सेनको प्रस्तुति रहने यो चलचित्रमा निर्माताको रुपमा पवन ब्राडफोर्ड र सह–निर्माताको रुपमा प्रेम पुरी छन् । चलचित्रको लागि अर्पण थापा र सौगात मल्ल पनि केही समय अगाणी नै फाइनल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *