राजेश पायल र श्रीमती साङबुङ बिच डिभोर्स

२२ चैत २०८० ११:५७

चर्चित गायक राजेश पायल राईको डिभोर्स भएको छ। चैत्रको १५ गते उनको र उनको श्रीमती साङबुङ राइको काठमाडौं जिल्ला अदालतमा डिभोर्स भएको हो । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले उनीहरुको सम्बन्ध विच्छेदको फैसला सुनाएको हो ।

वि.सं २०७८ सालको असोज महिनामा गायक राई र साङबुङले विवाह दर्ता गरेका थिए । तर, बिहे दर्ता गरेको २ बर्षमै उनीहरुबिच डिभोर्स भएको हो । आफ्नो बिबाहको खबरलाई गोप्य राख्दै आएका गायक राई आफैले मुद्दा दायर गरेका थिए ।

कानुनी रुपमा अलग भएका गायक राईले अदालतको फैसला अनुसार, आमा र छोरालाई ५० लाख रुपैयाँ दिने, नक्सालमा रहेको घर पत्नीलाई दिने र छोरा १८ बर्ष नपुग्दासम्म मासिक १५ हजार रुपैयाँ माना चामल भराउन पनि अदालतले आदेश दिएको छ । यस्तै, छोराको सम्पूर्ण शिक्षाको खर्च पनि गायक राईले नै व्यहोर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *